प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
माघ २०८०
अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१०-२९

           कैलाली:- जिल्ला कैलाली, टिकापुर नगरपालिका वडा नं. १ एकतापुर स्थित गणतन्त्रण चोक नजिकबाट २७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २२ को भिसम बहादुर शाहीलाई आईतबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।          कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा.७ पौलाहबाट १३.०६ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कैलाली,गौरीगंगा न.पा. ९ शंकरपुर बस्ने बर्ष ३३ को जनक सापकोटा समेत दुईजनालाई आईतबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजहरुले प्रयोग गरेको मोटरसाईकल थान-१ र निज दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।        यसैगरी, जिल्ला कञ्चनपुर, वेदकोट न.पा. १० दैजीबाट ६.६५ ग्राम गाँजा सहित सोही ठाँउ बस्ने बर्ष २५ को सन्तोस खड्का समेत दुईजनालाई आईतबार राती प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त अबैध लागू औषध गाँजा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-२९

          कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका २ चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १६,९००।– बराबरको चिनी,जिरा,कलरपाउडर लगायतका सामानहरु र धनगढी उप-महानगरपालिका ३ ट्राफिक चौराहाबाट अन्दाजी मूल्य रु. १५,६५०।–बराबरको चिनी,प्याज,जिरा,नमकिन लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.३२,५५०।- बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।           कञ्चनपुर:- जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा. १२ कलुवापुर बेलौरी सडक खण्ड स्थित कालागौडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७९,४४८।– बराबरको चिनी,जिरा,हरियो मटर,मिठाई,चक्लेट,सुर्ती लगायतका सामानहरु र भिमदत्त न.पा.-६ सुकासालबाट अन्दाजी मूल्य रु. ८,०००।–बराबरको माछा गरि जम्मा अन्दाजी मूल्य रु.८७,४४८।- बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१०-२९

      कैलाली:- जिल्ला कैलाली, टिकापुर नगरपालिका वडा नं. १ एकतापुर स्थित गणतन्त्रण चोक नजिकबाट २७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २२ को भिसम बहादुर शाहीलाई आईतबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा.७ पौलाहबाट १३.०६ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कैलाली,गौरीगंगा न.पा. ९ शंकरपुर बस्ने बर्ष ३३ को जनक सापकोटा समेत दुईजनालाई आईतबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजहरुले प्रयोग गरेको मोटरसाईकल थान-१ र निज दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।        यसैगरी, जिल्ला कञ्चनपुर, वेदकोट न.पा. १० दैजीबाट ६.६५ ग्राम गाँजा सहित सोही ठाँउ बस्ने बर्ष २५ को सन्तोस खड्का समेत दुईजनालाई आईतबार राती प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त अबैध लागू औषध गाँजा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-२९

        कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका २ चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १६,९००।– बराबरको चिनी,जिरा,कलरपाउडर लगायतका सामानहरु र धनगढी उप-महानगरपालिका ३ ट्राफिक चौराहाबाट अन्दाजी मूल्य रु. १५,६५०।–बराबरको चिनी,प्याज,जिरा,नमकिन लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.३२,५५०।- बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा. १२ कलुवापुर बेलौरी सडक खण्ड स्थित कालागौडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७९,४४८।– बराबरको चिनी,जिरा,हरियो मटर,मिठाई,चक्लेट,सुर्ती लगायतका सामानहरु र भिमदत्त न.पा.-६ सुकासालबाट अन्दाजी मूल्य रु. ८,०००।–बराबरको माछा गरि जम्मा अन्दाजी मूल्य रु.८७,४४८।- बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-२८

       कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका १ त्रिबेणीघाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३०,६४०।– बराबरको मटर,सरप,तेल,साबुन,धोती,गुट्खा लगायतका सामानहरु, धनगढी उप-महानगरपालिका २ चौराह नजिकबाट अन्दाजी मूल्य रु.३२,४००।–बराबरको चिनी,प्याज,साईकल लगायतका सामानहरु र धनगढी उप-महानगरपालिका ३  भन्सार कार्यालय नजिकबाट अन्दाजी मूल्य रु. ७,०००।– बराबरको प्याज,चिनी लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.७०,०४०।- बराबरको सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।          कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी  मूल्य रु. २०,०००।- बराबरको बिडी र पुनर्वास न.पा.४ घ गाउँ डाडाबाट अन्दाजी मूल्य रु. १८,०००।–बराबरको १५ पिस भुईमा बिछयाउने दन गरी जम्मा अन्दाजी मूल्य रु.३८,०००।– बराबरको सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-२७

         कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका २ चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६१,७५०।- बराबरको प्याज,चिनी,मिश्री,साडी,सुट,प्लाष्टिक, ट्याक्टरको बेरिंङ लगायतका सामानहरु र धनगढी उप-महानगरपालिका ३ ब्यारेल अगाडीबाट अन्दाजी  मूल्य रु. २३,२००।- बराबरको प्याज,चिनी,मिश्री,सरफ,नरिवल,पानीपुरी लगायतका सामानहरु गरी जम्मा अन्दाजी मूल्य रु.८४,९५०।– बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ ऐठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी  मूल्य रु. १,०४,५००।- बराबरको चिनी,मिश्री,सुर्ती,तेल,नरिवल,पेन्ट,थान कपडा लगायतका सामानहरु, बेलौरी न.पा. ६ भुराकोटबाट अन्दाजी मूल्य रु. ३२,०००।–बराबरको डिउ,सुर्ती,गुट्खा लगायतका सामानहरु र पुनर्वास न.पा.४ उपियाफाँटाबाट अन्दाजी मूल्य रु. १६,०००।–बराबरको  प्याज गरी जम्मा अन्दाजी मूल्य रु.१,५२,५००।– बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

नेपाल पुर्व प्रहरी संगठनद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम
२०८०-१०-२६

 धनगढी:- आज मिति २०८०।१०।२६ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीको हाता भित्र रहेको नेपाल पुर्व प्रहरी संगठन सुदूरपश्चिम प्रदेश कार्य समितिको कार्यालयको सभाहलमा नेपाल पुर्व प्रहरी संगठन सुदूरपश्चिम प्रदेश कार्य समितिका अध्यक्ष पुर्व प्रहरी बरिष्ठ उपरीक्षक उत्तम बहादुर सिंह लगायत कार्य समितिका पदाधिकारीहरु,नेपाल पुर्व प्रहरी संगठन जिल्ला समितिका पदाधिकारीहरु,पुर्व प्रहरी कर्मचारीहरु लगायतले एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूलाई स्वागत एवं अन्तरक्रिया कार्यक्रम समेत गर्नु भयो ।          उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्युले पूर्व प्रहरी कर्मचारीहरुले आफ्नो जीवनकालको अत्यन्त उर्जाशील समय नेपाल प्रहरी मार्फत राष्ट्रका लागि खर्चिएर पुर्‍याउनु भएको योगदानको उच्च सम्मान गर्दै उहाँहरूको सुखद भविष्यको कामना गर्नुभयो । यस क्रममा उहाँले सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा,अपराध रोकथाम,गुण्डागर्दी,तस्करी लगायत समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणमा पूर्व प्रहरी कर्मचारीबाट रचनात्मक सहयोग सदैव प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो ।          उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका कार्यालय प्रमुख, नेपाल पुर्व प्रहरी संगठन सुदूरपश्चिम प्रदेश कार्य समितिका पदाधिकारीहरु,नेपाल पुर्व प्रहरी संगठन जिल्ला समितिका पदाधिकारीहरु,पुर्व प्रहरी कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो । 

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-२६

        कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका २ ट्राफिक चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७०,४४०।– बराबरको प्याज,चिनी,मिठाई,मिश्री,गुड,चप्पल,चना,नरिवल,सरफ,सुट,कुर्ती लगायतका सामानहरु बिहीबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।        कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. १ भुपु सैनिक टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी  मूल्य रु. २१,०००।- बराबरको ७० किलो बोईलर कुखुरा र शुक्लाफाँटा न.पा. ११ कलुवापुरबाट अन्दाजी मूल्य रु. १५,०००।–बराबरको प्याज,चिनी, आयुर्बेदिक औषधी गरी जम्मा अन्दाजी मूल्य रु.३६,०००।– बराबरको सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित बरामद हुन आएका बोईलर कुखुरालाई आवश्यक प्रक्रिया पुरा गरि प्रहरीले नष्ट गरेको हो । 

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१०-२५

       कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. ८ धनगढीगाउँबाट ६५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष १९ को आदित चौधरीलाई बुधबार राती प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।      यसैगरी:- जिल्ला कैलाली, ध.उ.म.न.पा. ७ जोखरतालबाट ७५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २९ को रामकृष्ण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।     यसैगरी:- जिल्ला कैलाली, बर्दगोरिया गा.पा.१ झगडपुर स्थित सेती लोकमार्ग सडक-खण्डबाट १ ग्राम ६५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २८ को अनिल बि.क. र बर्ष २७ को सन्तोष बिश्वकर्मालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-२५

        कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका १७ पथरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,५३,०००।– बराबरको चिनी,गुट्खा,मसला,कोक, मोटरसाईकल थान-१ लगायतका सामानहरु बिहीबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामान र मोटरसाईकल आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।        कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी नगरपालिका ८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १५,२४०।– बराबरको स्टिलका थाली,कचौरा,बाटा लगायतका सामानहरु बिहीबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१०-२५

     कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. १५ कनरीबाट २१० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने २४ को नविन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । जिल्ला कैलाली, ध.उ.म.न.पा. १५ कनरीबाट २१० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने २४ को नविन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-२५

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. १ डाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४५,०००।- बराबरको १५० किलो बोईलर कुखुरा, बेलौरी न.पा. ०६ बैशाखा पुलबाट अन्दाजी मूल्य रु. ४५,०००।– बराबरको प्याज,साईकल लगायतका सामानहरु, पुनर्वास न.पा. ४ फटैया र उपियाफाटाबाट अन्दाजी मूल्य रु. २८,०००।– बराबरको प्याज,बोईलर कुखुरा गरी जम्मा अन्दाजी मूल्य रु.१,१८,०००।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित बरामद हुन आएका बोईलर कुखुरालाई आवश्यक प्रक्रिया पुरा गरि प्रहरीले नष्ट गरेको हो ।     कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका २ ट्राफिक चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३,०००।– बराबरको प्याज, मिठाई लगायतका सामानहरु बुधबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

फरार प्रतिबादी पक्राउ
२०८०-१०-२४

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा बन मुद्दामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले १ महिना कैद सजाय र रु.९,००,०००।– (नौ लाख) जरिवाना ठहर भई फरार रहेका जिल्ला कैलाली, गौरीगंगा नगरपालिका ९ बस्ने बर्ष ३८ को महेन्द्र देउवालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझतिर निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा बहु विवाह मुद्दामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७९।०६।२६ गतेको फैसलाले ११ महिना ११ दिन कैद सजाय र रु.२०,०००।– जरिवाना ठहर भई फरार रहेकी जिल्ला कञ्चनपुर, भिमदत्त नगरपालिका १० बस्ने बर्ष ३२ की देवकी टमटालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो महेन्द्रनगर बजारबाट पक्राउ गरि सम्मानित अदालत समक्ष उपस्थित गराएको हो । 

अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-१०-२४

     कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १  पशुपती टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३३,३५०।- बराबरको चिनी,बिडी,सुर्ती,गोल्डि मसाला,सुपारी,दुध पाउडर,आन्टी लगायतका सामानहरु सहित सोही ठाउँ बस्ने बर्ष ४० की तारा देवी कामीलाई मंगलबार साँझतिर प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      यसैगरी:- जिल्ला कैलाली, ध.उ.म.न.पा. २  ट्राफिक चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३२,०००।– बराबरको प्याज,चिनी,पानिपुरी,सरफ,पास्ता,अचार लगायतका सामानहरु मंगलबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ०८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २३,२५०।– बराबरको प्याज,न्यानो गलैचा कपडा,साईकल लगायतका सामानहरु मंगलबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-२३

      कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. ३ बडराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५०,०००।- बराबरको जेन्स कुर्ती,लेडिज सुट,प्लाजु लगायतका सामानहरु र भजनी न.पा.५ कव्वाखेडा घाटबाट अन्दाजी मूल्य रु. ९१,१९०।- बराबरको कुर्ती सुरवाल,गन्जी, DJ साउण्ड माईक, भाडा बर्तन,चक्लेट लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु. १,४१,१९०।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,५३,९२२।– बराबरको चिनी,मिश्री,मटर,नरिवल,नमकिन,बच्चाको सुट,लेहङ्गा,चप्पल,स्याम्पु,गुड लगायतका सामानहरु सोमबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु आवश्यक कारवाहीको लागि प्रहरीले भन्सार कार्यालय गडडाचौकीमा बुझाएको हो ।

फरार प्रतिवादी पक्राउ
२०८०-१०-२२

कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा चोरी मुद्दामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७९।०५।२८ गतेको फैसलाले ५ महिना ४ दिन कैद सजाय र रु. ५,०००।– जरीवाना तोकीई फरार रहेको धनगढी उप-महानगरपालिका ७ बस्ने बर्ष २० को बिक्की भन्ने बलराम राना र सम्मानित  जिल्ला अदालत कैलालीको चोरी मुद्दामा ऐ. मितिको फैसलाले ५ महिना १३ दिन कैद सजाय र रु. ५,०००।–जरीवाना तोकिई फरार रहेको जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ७ बस्ने बर्ष २१ को नरेश रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो । निज दुवै जनालाई प्रहरीले सम्मानित अदालत समक्ष उपस्थित गराएको हो । 

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-२२

कैलाली:- जिल्ला कैलाली,धनगढी उ.म.न.पा.२ माछापोखरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १४,२००।- बराबरको सुर्ती,प्लाष्टिक डोरी,प्लाष्टिक पाईप लगायतका सामानहरु सोमबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा.२ बेनापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ९०,०००।- बराबरको बोईलर कुखुरा र मोटरसाईकल थान-१ सोमबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त कुखुरा नष्ट गरेको हो । 

फरार प्रतिवादी पक्राउ
२०८०-१०-२२

कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा कृते सरकारी छाप दस्तखत मुद्दामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।०३।१७ गतेको फैसलाले ५ महिना कैद सजाय र रु. १०,०००।– जरीवाना तोकीई फरार रहेको भिमदत्त न.पा.६ बस्ने बर्ष १९ को बिमल बोहरा र लागू  औषध मुद्दामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७९।०१।२५ गतेको फैसलाले २ बर्ष ११ महिना कैद सजाय र रु. ४,०००।–जरीवाना तोकिई फरार रहेको जिल्ला कैलाली ध.उ.म.न.पा. ५तारानगर बस्ने बर्ष २६ को अनमोल शाहलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आईतबार पक्राउ गरि सम्मानित जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि दुबै जनालाई कञ्चनपुर कारागार पठाईएको छ ।

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१०-२२

कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा २ त्रिनगर ब्यारेल नजिकबाट ४०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २८ को बिपिन मल्ल र ऐ.३ बस्ने बर्ष ३२ को रुपेश बि.क.लाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुले प्रयोग गरेको मोटरसाईकलको डिग्गीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाईकल थान-१ सहित दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।यसैगरी:- जिल्ला कैलाली, जानकी गा.पा. १ मिलनचोकबाट १३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने वर्ष २४ को पदम खत्रीलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थसहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।कञ्चनपुर:- जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा. १ स्थित माहाकाली नदिमा निर्माणाधिन पक्कि पुलबाट अबैध कोडिन नामक १००ml को ५ बोतल लागू औषध सहित शुक्लाफाँटा न.पा १० झलारी बस्ने वर्ष २१ को निर्मल कुमार सुनार र पुनर्वास न.पा. ७ बस्ने बर्ष ३० कोबलराम सुनारलाई आईतबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट झोलुङ्गे कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुले प्रयोग गरेको मोटरसाईकल भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाईकल थान-१ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-२२

कैलाली:- जिल्ला कैलाली,धनगढी उ.म.न.पा.१ पशुतिटोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्यरु.२७,२८०।-बराबरकोसुर्ती जन्य पर्दाथ र किराना लगायतका सामानहरु र धनगढी उ.म.न.पा.३ चौराहबाट अन्दाजी मूल्य रु.६३,९५०।-बराबरको प्याज,चिनी,चना,सुर्ति,बिडी,चकलेट,नरिवल,मिठाई,चियापत्ती,पेन्सिल लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु. ९१,२३०।– बराबरको सामानहरु आईतबारप्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।कञ्चनपुर:- जिल्ला कञ्चनपुर,दोधारा चाँदनी न.पा. २ मायापुरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१२,०००।-बराबरकोबोईलर कुखुरा आईतबार दिउँसोप्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त कुखुरा नष्ट गरेको हो ।

लागू औषध चरेस सहित मानिस पक्राउ
२०८०-१०-२१

कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. ३ ज्ञानु प्लाजा होटल नजिकबाट १ किलो ४० ग्राम लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ सहित जिल्ला बझाङ, चिरबिथ्थड गा.पा.२ बस्ने बर्ष ४० को धन बहादुर बोहरालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ र निजले प्रयोग गरेको मोटरसाईकल थान-१ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-१०-२१

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.-१० तिनताराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,६८,४००।- बराबरको लेडिज सुट,सुईटर,ज्याकेट,गंजि,फोटो फ्रेम,जुत्ता लगायतका सामानहरु आईतबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागि प्रहरीले भन्सार कार्यालय गडडाचौकीमा बुझाएको हो ।  यसैगरि, जिल्ला कञ्चनपुर, बेलौरी न.पा. १ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ८,०००।- बराबरको प्याज,आलु लगायत मोटरसाईकल थान-१ सहित जिल्ला लखिमपुर ग्राम सम्पुर्णानगर भारत बस्ने वर्ष २१ को रिसु कस्यबलाई आईतबार बिहान प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  उल्लेखित सामान र मोटरसाईकल सहित निजलाई आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो । 

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-२१

कैलाली:- जिल्ला कैलाली,धनगढी उ.म.न.पा.२ चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२०,०५०।- बराबरको चिनी,मिश्री,नरिवल,मिठाई,प्याज,प्लाष्टिक झिल्ली लगायतका सामानहरु,धनगढी उ.म.न.पा.३ चटकपुर,त्रिनगर ब्यारेल नजिकबाट अन्दाजी मूल्य रु.३८,८१०।- बराबरको प्याज,चिनी,चकलेट,चप्पल,मिठाई,सरफ,मिश्री लगायतका सामानहरु र भजनी न.पा.३ धुसीबाट अन्दाजी मूल्य रु.६,५००।– बराबरको सुर्ती गरि जम्मा अन्दाजी मूल्य रु. ६५,३६०।– बराबरको सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

अबैध लागू औषध सहित तीन जना पक्राउ
२०८०-१०-२०

कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ त्रिवेणी चोकबाट १ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र ४ ग्राम ४०० मिलिग्राम लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २८ को दिनेश बि.क., बर्ष १९ को निखिल जोशी र जिल्ला रुपन्देही, बुटवल न.पा. १ घर भई हाल धनगढी उ.म.न.पा.१ एल एन चोक बस्ने बर्ष २१ को समिर सुनारलाई  शुक्रबार राती प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित तीनै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ 

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-२०

 कैलाली:- जिल्ला कैलाली,धनगढी उ.म.न.पा.२ चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५९,६१०।- बराबरको प्याज,चिनी,साडी,कट्टु,नरिवल,पास्ता,कालो नुन लगायतका सामानहरु र जोशीपुर गा.पा.३ मनिकापुरबाट अन्दाजी मूल्य रु.७,०००।- बराबरको बिडी,सुर्ती लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु. ६६,६१०।– बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर,पुनर्वास न.पा. ६ “ङ” गाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएको अन्दाजी मूल्य रु. ४८,०००।- बराबरको ६ क्विन्टल तोरी  शनिबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-१०-१९

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१५ गोबरीया स्थित करन कार्कीले संचालन गरेको कुखुरा फर्ममा एक्कासी बिजुलीको तार सर्ट हुन गई शुक्रबार बिहान आगलागी हुँदा उक्त फर्म भित्र रहेका ७०० वटा कुखुराका चल्लाहरू जलि अन्दाजी रु.६०,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ बसपार्क नजिक रहेको निरा प्रसाईले संचालन गरेको पाथिभारा ईम्पोरियम जुत्ता चप्पल र कपडाको पसलमा अचानक बिजुलीको लाईन सर्ट हुन गई शुक्रबार दिउँसो आगलागी हुँदा उक्त पसल भित्र रहेका सामानहरु जलि अन्दाजी रु. ८,००,०००।– (आठ लाख ) बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी दमकल,प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-१०-१९

 कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० बिधुत कार्यालय अगाडी र भिमदत्त न.पा.११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,०९,१४०।- बराबरको हार्डवेयरका सामानहरु,चप्पल,चिनी,दाल,मिश्री लगायतका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागि प्रहरीले भन्सार कार्यालय गडडाचौकीमा बुझाइको हो ।    यसैगरि, जिल्ला कञ्चनपुर,बेलौरी न.पा. ८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३२,४००।- बराबरको चकलेट,पोलिथिन लगायत मोटरसाईकल थान-१ सहित ऐ.बेलौरी न.पा. १० सडकघाँट बस्ने बर्ष २७ को हुकुमदास चौधरीलाई बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखबाट मातहत प्रहरी युनिट ईन्चार्जहरुलाई निर्देशन
२०८०-१०-१७

आज मिति २०८०।१०।१७ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीमा एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूले प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुर जिल्ला स्थित सिमानाकामा रहेका प्रहरी युनिट ईन्चार्जहरु लाई आवश्यक निर्देशन दिनु भएको छ । उहाँले बर्तमान शान्ति सुरक्षाको अवस्थाको बारेमा समिक्षा गर्दै , आगामी दिनमा आईपर्न सक्नेसुरक्षा चुनौती एवं समाधानका विषयहरुमा निर्देशन दिनु भयो ।निर्देशन सम्बोधनको क्रममा उहाँ ले नेपाल भारतको सिमा नाकाबाट हुने भन्सार चोरी तस्करी तथा सिमानाकामा हुने अपराधिक गतिविधिका विरुद्ध प्रभावकारी प्रहरी परिचालन र कानून कार्यान्वयन गर्ने, लागू औषधको ओसार पसार, बिक्री बितरण नियन्त्रण गर्ने,सवारी दुर्घटना नियन्त्रणका लागि बिशेष सक्रिया देखाउने  , नियमित रुपमा चेकजाँच गर्ने,फरार अपराधीहरूको खोजी,सामाजिक अपराधहरु रोकथाम तथा नियन्त्रणमा  प्रभावकारी ढंगले प्रस्तुतहुने, नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध विकास  गरी नागरीक मैत्री सेवा प्रवाह गर्ने ।  गैह्र व्यवसायिक आर्थिक लाभ र प्रहरी आचरण विपरितका कुनै पनि गतिविधीमा संलग्न नहुने,उच्च अनुशासन र मनोवलका साथ त्रुटीरहित ढंगबाट कार्य गर्ने , प्रभावकारी सूचना संकलन एवं विश्लेषण गरी गुणस्तरीय र जनसहभागिता मूलक  प्रहरी सेवा प्रदान गर्ने  लगायतका  विषयहरुमा आवश्यक निर्देशन समेत दिनुभयो ।      उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलाली,सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली,कञ्चनपुर तथा मातहत सिमा नाकाहरुमा प्रहरी युनिटहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत ,ट्राफिक प्रहरी पोष्ट ईन्चार्ज हरु  लगायत प्रहरी कर्मचारीहरु  उपस्थिती रहेको थियो । 

सवारी दुर्घटनामा मानिसको मृत्यु
२०८०-१०-१७

कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा.६ जाली स्थित बासुदेबी स्कुल नजिक से १ प २८५९ नम्बरको स्कुटी आफै अनियन्त्रित भई पल्टिन गई मंगलबार साँझतिर दुर्घटना हुँदा स्कुटी पछाडी सवार जिल्ला बर्दिया बाँसगढी न.पा.४ बठौवागाँउ बस्ने बर्ष २५ को लालु चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको हो । स्कुटी र चालक ध.उ.म.न.पा.५ जाई बस्ने बर्ष २५ को रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    

सवारी दुर्घटनामा मृत्यु
२०८०-१०-१६

बैतडी:- जिल्ला बैतडी, दोगडाकेदार गाउँपालिका २ कटौजपानी स्थित सिल्लेगडा कालागोरा गाउँ भित्रि सडक खण्डमा सिल्लेगडाबाट कालागोरा गाउँ तर्फ जाँदै गरेको सुप.प्र.०१००२ ज १५३७ नम्बरको बोलेरो जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार जिल्ला बैतडी दोगडाकेदार गा.पा. ८ कालागाउँ बस्ने १५ बर्षिय मनिशा बिष्टको घटनास्थलमै मृत्यु भएको हो । चालक सहित जिपमा सवार घाईतेहरुलाई उद्दार गरि उपचारको लागि जिल्ला अस्पताल बैतडी पठाएको हो । दुर्घटना सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरि रहेको छ ।                                                    निम्न:१) जिल्ला बैतडी,दोगडाकेदार गा.पा.८ काला गाउँ बस्ने चालक बर्ष अ.३० भुपेन्द्र बिष्ट ।२) ऐ.ऐ.बस्ने बर्ष अ.६५ गणेश बिष्ट ।३) ऐ.ऐ.बस्ने बर्ष अ.५० बिरे लुहार ।४) ऐ.ऐ.बस्ने बर्ष अ.२६ की घुमरा बिष्ट ।५) ऐ.ऐ.बस्ने बर्ष अ.५० की कृणा बिष्ट  ।६) ऐ.ऐ.बस्ने बर्ष अ.७० की हरीमाया बिष्ट ।७) ऐ.ऐ.बस्ने बर्ष अ.१७ को महेश बिष्ट ।

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-१६

कैलाली:- जिल्ला कैलाली, टिकापुर न.पा. ४ शेखरखैला स्थित सडक-खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,३७,५००।–बराबरको प्याज मंगलबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामान प्रहरीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सत्ति पठाएको हो ।कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.-६ बनगाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,१०,५५०।–बराबरको चिनी,दाल,स्ट्रबेरि,नरिवल,गुड,आलु लगायतका सामानहरु मंगलबार बिहानतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु प्रहरीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको हो ।

अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-१०-१६

   कैलाली:- जिल्ला कैलाली,ध.उ.म.न.पा. २ ट्राफिक चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २०,१९०।–बराबरको चिनी,मिठाई,खेलौना,अचार,सलाई,साबुन लगायतका सामानहरु र ऐ.३ ब्यारेल नजिकबाट अन्दाजी मूल्य रु. १७,३७०।– बराबरको प्याज,सरप,बेसन,नरिवल चकलेट,चप्पल लगायतका सामानहरु गरी जम्मा अन्दाजी मुल्य रु.३७,५६०।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    दार्चुला:- जिल्ला दार्चुला, महाकाली न.पा.४ बसपार्कबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,९८,०००।–बराबरको चामल सहित ट्याक्टर र चालक दुहुँ गा.पा.१ खर्रा बस्ने उपेन्द्र सिंह धामीलाई सोमबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखबाट मातहत प्रहरी कार्यालय प्रमुखहरुलाई निर्देशन
२०८०-१०-१५

धनगढी, १५ माघ ।    आज मिति २०८०।१०।१५ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीमा एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूले प्रदेश अन्तर्गत तराई जिल्लामा रहेका प्रहरी कार्यालयका कार्यालय प्रमुखहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । उहाँले बर्तमान शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी लिदै, आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयहरुमा आवश्यक निर्देशन दिनु भयो ।    उक्त अवसरमा उहाँले शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ एवम् प्रभावकारी बनाउनको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरुले नि:स्वार्थ सेवा प्रवाह, निष्ठावान, ईमानदार एवम् सिर्जनशील भई अबैध क्रियाकलाप रोकथाम, तस्करी नियन्त्रण,यात्रुमैत्री व्यवहार,Smart Policing,आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवम् पीडित वर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई प्रभावकारी रुपमा सम्बोधन गर्नुका साथै नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने गरी सेवा प्रदान गर्न समेत निर्देशन दिनुभयो     उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलाली,नेपाल प्रहरी बिशेष सुरक्षा गण महेन्द्रनगर,सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली,कञ्चनपुर, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढी,बिपद व्यवस्थापन गुल्म महेन्द्रनगर र सुदूरपश्चिम प्रदेश प्रहरी बिद्यालय धनगढीमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरु समेतको उपस्थिती रहेको थियो । 

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-१५

कैलाली:- जिल्ला कैलाली,ध.उ.म.न.पा. २ ट्राफिक चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,८६०।–बराबरको मिठाई,नरिवल,आन्टि,पास्ता लगायतका सामानहरु आईतबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.४ कोटेश्वर मन्दिर नजिकैबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३२,०००।–बराबरको सोफा सेट आईतबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-१०-१४

कैलाली:- जिल्ला कैलाली,ध.उ.म.न.पा. ३ ट्राफिकचोक,ब्यारेल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६०,०४०।–बराबरको चिनी,प्याज,चामल,अचार,प्लाष्टिक बिष्कुट,सरफ लगायतका सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।यसैगरि, जिल्ला कैलाली,ध.उ.म.न.पा. १० बनकट्टी घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,९६,०००।– बराबरको माछा र २ थान मोटरसाईकल सहित सोही ठाँउ बस्ने बर्ष ४३ को जहर रानालाई शनिबार दिउँसो  प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  उल्लेखित माछा र मोटरसाईकल सहित निजलाई आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो । कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.१० बिद्युत कार्यालय स्थित पुर्व पश्चिम राजमार्गबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७५,६४०।–बराबरको चप्पल,चिनी,सुर्ती,नरिवल,गुड,मटर,माईक्रोनी,मकैको बिउ,भिन्डीको बिउ, नमकिन,बिष्कुट, प्याज लगायतका सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु प्रहरीले आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको हो ।यसैगरि, जिल्ला कञ्चनपुर, बेलौरी न.पा.५ मैना भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५५,०००।–बराबरको जिंक, सुर्ती र ऐ.पुनर्वास न.पा.१ पडाउबाट अन्दाजी मूल्य रु. ६५,०००।–बराबरको ज्याकेट,फुल टि-सर्ट गरि जम्मा अन्दाजी मूल्य रु.१,२०,०००।– बराबरको सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-१२

कैलाली:- जिल्ला कैलाली,ध.उ.म.न.पा. ३ ट्राफिक चौराहबाट  अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३०,५१०।–बराबरको चिनी,प्याज,मिठाई,मैदा,नरिवल,तेल,बिडी लगायतका सामानहरु र जोशीपुर गा.पा.३ मनिकापुरबाट अन्दाजी मूल्य रु. १८,५००।– बारबरका चिनी,बिडी लगायतका सामानहरु गरी जम्मा अन्दाजी मुल्य रु.४९,०१०।– बराबरको सामानहरु बिहीवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बसपार्कबाट  अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,०६,१००।–बराबरको कोट,पाईन्ट,सुट,स्विटर,मोजा लगायतका सामानहरु बिहीवार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहनरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको हो । यसैगरी:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.४ घ गाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६०,०००।–बराबरको माछा बिहीवार दिउँसोतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नष्ट गरिएको हो । 

अबैंध लागू औषध सहित मानिस पक्राउ
२०८०-१०-११

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाटबाट ७७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २६ को प्रशान्त चौधरीलाई बुधबार राती प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी भुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, उक्त पदार्थ सहित निजलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसैगरी:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० गडडाचौकी स्थित व्यारेलबाट ०.८३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. ३ बस्ने बर्ष २८ को दिवस कुँवर र ऐ.१ बस्ने बर्ष २८ को प्रेम राज जोशीलाई  बुधबार राती प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, उक्त पदार्थ सहित निजहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

मानिस करेन्ट लागी मृत्यु र घाईते
२०८०-१०-१०

कैलाली:- जिल्ला कैलाली, घोडाघोडी न.पा. १० स्थित तुल्सीपुर सामुदायिक बनमा ऐ. पहलमानपुर बस्ने बर्ष ४० को धन बहादुर शाहको बुधबार बिहान अन्दाजी ०३:३० बजेतिर करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारका लागि घोडाघोडी अस्पताल सुखड कैलालीमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको हो । साथै करेन्ट लागि घाईते भएका  ऐ.मोहन्याल गा.पा. ३ बस्ने बर्ष ३६ को दुर्गा खत्रीलाई उपचारको लागि घोडाघोडी अस्पताल सुखड हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरेको हो । करेन्ट के कति कारणले लागेको हो खुल्न नआएको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैंध लागू औषध सहित मानिस पक्राउ
२०८०-१०-१०

कैलाली:-जिल्ला कैलाली,गोदावरी न.पा.५ गेटा आँखा अस्पताल नजिकबाट ८६० ग्राम लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष ४५ को राम नाथ रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी गेटा कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजले प्रयोग गरेको मोटरसाईकलको लेगगार्डमा सेतो कट्टा भित्र लुकाई छिपाई राखेको अबस्थामा उक्त पदार्थ फेला पारी, उक्त पदार्थ सहित निजले प्रयोग गरेको मोटरसाईकल थान-१ र निजलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसैगरि, जिल्ला कैलाली,गोदावरी न.पा.२ अत्तरिया स्थित महेन्द्रनगर रोडबाट ५६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.३ बस्ने बर्ष २५ को सुरेन्द्र साउँदलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, उक्त पदार्थ सहित निजलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-१०-१०

कैलाली:- जिल्ला कैलाली,ध.उ.म.न.पा. १ शिव मन्दिर स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६०,०००।–बराबरको माछा र मोटरसाईकल थान-१ सहित ऐ.१० जुगेडा बस्ने बर्ष २० को राम रानालाई मंगलबार दिउँसो प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित माछा,मोटरसाईकल र निजलाई आवश्यक कारवाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगर पठाएको हो ।यसैगरि,जिल्ला कैलाली,ध.उ.म.न.पा.९ बनकट्टीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १५,०००।–बराबरको बोईलर कुखुरा मंगलबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । कञ्चनपुर:-जिल्ला कञ्चनपुर, बेलौरी न.पा.२ बैजुडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १५,०००।–बराबरको माछा मंगलबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त माछा प्रहरीले नष्ट गरेको हो । 

सवारी दुर्घटनामा मृत्यु
२०८०-१०-०९

कैलाली:-जिल्ला कैलाली,घोडाघोडी न.पा.२ साडेपानी स्थित पुर्ब पश्चिम राजमार्गमा सु.प.प्र.०१००९ प.४६१९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिन गई सोमबार साँझतिर दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार ऐ. बर्दगोरीया गा.पा. ५ बस्ने बर्ष २१ को कालु बि.क.को मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक सोही ठाउँ बस्ने बर्ष ४० को प्रदिप बि.क.को सोही अस्पतालमा उपचार भईरहेको छ । मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-०९

कैलाली:- जिल्ला कैलाली,ध.उ.म.न.पा. ३ ट्राफिक चोक र  सहिदगेटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२५,१५०।–बराबरको चिनी,प्याज,प्लाष्टिक,साबुन,नरिवल लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० बिद्युत कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ९१,२५०।–बराबरको चिनी,मिश्री,तेल,दाल,प्लाष्टिक लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागी भन्सार कार्यालय गड्डाचौकी पठाएको हो ।

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-०८

कैलाली:- जिल्ला कैलाली,ध.उ.म.न.पा.२ पुरानो सब्जीमण्डीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५,०००।–बराबरको प्याज,ऐ. ३ मिलनचोक, ट्राफिक चोक, त्रिनगर ब्यारेल नजिकबाट अन्दाजी मूल्य रु. ८५,२३०।–बराबरको चिनी,पास्ता,माछा,नरिवल,जिरा,मिठाई,बिष्कुट,ललिपप,मटर दाना लगायतका सामानहरु, ऐ.७ राम भगवत चोकबाट अन्दाजी मूल्य रु. २५,०००।–बराबरको प्याज र ऐ.भजनी न.पा.२ पल्टिपुरबाट अन्दाजी मूल्य रु.३,२६,०००।–बराबरको साडी,धोती,थान कपडा,मोटरसाईकल थान-१ लगायतका सामानहरु गरी जम्मा अन्दाजी मुल्य रु.४,४१,२३०।- बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-०७

कैलाली:- जिल्ला कैलाली,ध.उ.म.न.पा.२ बालुवाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २८,८००।–बराबरको कोट,स्विटर,हाईनेक,जर्सी लगायतका सामानहरु, ऐ. ३ त्रिनगर ब्यारेल नजिकबाट अन्दाजी मूल्य रु. २०,२३०।–बराबरको चिनी,प्याज,चना,मिठाई,साबुन,झिल्ली,स्याम्पु,खुर्सानी लगायतका सामानहरु, ऐ. ९ बग्राकटानबाट अन्दाजी मूल्य रु. २४,८९०।–बराबरको प्याज,हरियो मटर,चना,मसला,सिमला मिर्च लगायतका सामानहरु, ऐ. १० चकमेलीघाटबाट अन्दाजी मूल्य रु. ३५,७००।–बराबरको मोबिल,भाँडा बर्तन,स्विटर,हाईनेक,टाउजर,सुट,बिडी लगायतका सामानहरु र टिकापुर न.पा.९ खक्रौलाबाट अन्दाजी मूल्य रु. १,१०,०००।–बराबरको प्याज गरी जम्मा अन्दाजी मुल्य रु.२,१९,६२०।- बराबरको सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ बिधुत्त कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,०१,५९५।–बराबरको कपडा,जुत्ता,पोलिथिन,गुड,चिनी,मिश्री,पेठा,तेल,चियापत्ती,जिरा,दाल लगायतका सामानहरु र ऐ.शुक्लाफाँटा न.पा.१२ कालागौडी स्थित बेलौरी सडक खण्डबाट अन्दाजी मूल्य रु. ८०,८००।–बराबरको भाँडा बर्तन, प्लाष्टिकको डोरी लगायतका सामानहरु गरी जम्मा अन्दाजी मुल्य रु.१,८२,३९५।- बराबरको सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

लागू औषध सहित मानिस पक्राउ
२०८०-१०-०६

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा.१ झरना सागर टोलबाट ३ ग्राम २० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला पिलिभित टाटरगञ्ज भारत बस्ने बर्ष २८ को ईरफान अलि समेत दुई जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलडाँडी कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ,निजहरुले प्रयोग गरेको भारतिय नम्बर प्लेटको मोटरसाईकल थान १ सहित निज दुबै जनाहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-०६

कैलाली:- जिल्ला कैलाली,ध.उ.म.न.पा.१ त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४,५००।–बराबरको प्याज,हरियो मटर,पानीपुरी,पापड लगायतका सामानहरु, ऐ. ३ ब्यारेल नजिकबाट अन्दाजी मूल्य रु. २६,१७०।–बराबरको चिनी,प्याज,चना,मिठाई,साबुन,मैदा लगायतका सामानहरु र लम्कीचुहा न.पा.१ पञ्चकोशी स्थित सडकको छेउबाट अन्दाजी मूल्य रु. ४८,६००।–बराबरको मिठाई,सुर्ति,पानीपुरी,बिडी,चुरन लगायतका सामानहरु गरी जम्मा अन्दाजी मुल्य रु.७९,२७०।- बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ ऐंठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,२९,२००।–बराबरको ग्रीस,पेन्ट,साईकलको टायर,ट्युब, तिल्ली,मोबिल,जि.आई.पाईप,लेडिज सुट,धोती लगायतका सामानहरु र पुनर्वास न.पा.११ राम जानकी टोलबाट अन्दाजी मूल्य रु. १५,०००।- बराबरको प्याज गरी जम्मा अन्दाजी मुल्य रु.१,४४,२००।- बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

धनगढी उप-महानगरपालिकाद्वारा स्वागत तथा परिचयात्मक कार्यक्रम ।
२०८०-१०-०५

धनगढी:-आज मिति २०८०।१०।०५ गतेका दिन धनगढी उप-महानगरपालिकाको सभाहलमा नगर प्रमुख श्री गोपाल हमाल ज्यू, कार्यकारी अधिकृत, महाशाखा, शाखा प्रमुख लगायत कर्मचारीहरुले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूलाई स्वागत गर्नु भयो । साथै उक्त अवसरमा उहाँले यस क्षेत्रको शान्ति सुरक्षा,लागू औषध नियन्त्रण,पर्यटन लगायतका बिषयमा सहभागिहरुबाट सोधिएका जिज्ञासाहरुका बिषयमा आफ्नो धारणा राख्नु भएको थियो । बिभिन्न सामाजिक अपराध लगायत  लागूऔषध नियन्त्रणमा स्थानिय निकायहरु संगको सहकार्य महत्वपुर्ण हुने बिचार ब्यक्त गर्दै सिमावर्ती क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलापमा नियन्त्रण र प्रदेशको शान्ति सुरक्षामा प्रतिवद्द रहने धारणा  ब्यक्त गर्नु भयो । 

सालकको खपटा सहित मानिस पक्राउ
२०८०-१०-०५

कैलाली:- जिल्ला कैलाली, बर्दगोरीया गा.पा.६ मुडा स्थित कच्चीसडक खण्डबाट ११ के.जी. १०० ग्राम सालकको खपटा सहित ऐ. भजनी न.पा.८ बस्ने बर्ष ३५ को पर्शुराम चौधरी र ऐ. जोशीपुर गा.पा.४ बस्ने बर्ष ३२ को प्रेम चौधरीलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय, महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय सुख्खड कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट उक्त सालकको खपटा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त सालकको खपटा, निजहरुले प्रयोग गरेको मोटरसाईकल थान-१ सहित निजहरुलाई पक्राउ गरेको हो । आवश्यक कारवाहीको लागी सालकको खपटा सहित निजहरुलाई प्रहरीले डिभिजन बन कार्यालय पहलमानपुर, कैलालीमा बुझाइएको हो ।

लागू औषध सहित मानिस पक्राउ
२०८०-१०-०५

कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा.७ देवरीयाबाट ६ ग्राम ८७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.१ वस्ने वर्ष २१ को हरीलाल राना सहित पाँच जनालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेनद्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० दिपाघाँटबाट १ ग्राम ८८० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. लालझाडी गा.पा.५ बस्ने बर्ष २१ को प्रकाश महरा समेत दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी भुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।यसैगरी:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ सब्जिमण्डीबाट ०.१० ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोहि ठाउँ बस्ने बर्ष १९ को अनुराग तोके समेत दुई जनालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उद्योग वाणिज्य संघ कैलाली द्वारा स्वागत तथा परिचयात्मक कार्यक्रम
२०८०-१०-०४

धनगढी, ४ माघ  ।    आज मिति २०८०।१०।०४ गतेका दिन उद्योग वाणिज्य संघ कैलाली धनगढीको सभाहलमा संघका अध्यक्ष श्री पुष्पराज कुँवर समेतको कार्य समितिका पदाधिकारीहरु,होटेल,फलफुल,सागपात,खुद्रा ब्यबसायी,संचारकर्मी लगायत बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूलाई स्वागत गर्नु भयो । साथै उक्त अवसरमा उहाँले यस क्षेत्रको शान्ति सुरक्षा,तस्करी नियन्त्रण,लागू औषध नियन्त्रण,सिमा सुरक्षा लगायतका बिषयमा सहभागिहरुबाट सोधिएका जिज्ञासाहरुका बिषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

अधिक लोड >>
कम देखाउनुहोस् <<